हल्दिबारी । भद्रपुरका कवि राजेन्द्र कश्यप अधिकारीको प्रथम कृतिका रूपर्मा काव्यकोपिला’ कविता संग्रहको चन्द्रगढीमा विमोचन गरिएको छ ।
भाषासेवी अग्रज साहितयकार चुडामणि रेग्मीले चन्द्रगढीको लेखनाथ पुस्तकालयमा अधिकारीको कृतिको विमोचन गरेका हुन् ।
कृतिको परिचर्चा गर्दै कवि तथा समालोचक भानुभक्त कुभिण्डेलीले कृति शास्त्रीय छन्दमा तयार भएको उत्कृष्ट फुटकर कविताको संगालो रहेको बताए । उनले लेखक नयाँ वा पहिलो कृतिकार भए पनि रचनाले विशिष्ठ स्थान ओगटेको भन्दै ५६ वटा कविताको संख्यात्मक जस्तै रस्वादनमा नौलोपन हुने तथ्य प्रस्तुत गरेका थिए ।
लेखनाथ पुस्तकालयको शुक्रवारे कार्यक्रम अन्र्तगत आयोजित कार्यक्रमको अध्यक्षता पुस्तकालयका अध्यक्ष हरिप्रसाद न्यौपानेको रहेको थियो भने स्वागत पूर्व अध्यक्ष कृष्ण सुवेदी निराकारले गरेका थिए ।
खगेन्द्रा खुसीले सञ्चालन गरेको कार्यक्रममा झापाका विभिन्न स्थानबाट आएका कवि तथा साहित्यकारहरूको उपस्थिति रहेको थियो भने काव्यकोपिला भित्रका विभिन्न कविताहरूको वाचन समेत गर्दै कविहरूले साहित्यल्लास मनाएका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार