कसले कसलाई भर दिने र !
उस्तै पीडा उस्तै आक्रोस मडारिरहेको छ
निकास निकाल्न सक्ने हस्तिहरू पनि
थाकेको मन र उदास चेहरामा छन
अब मूलनाइके , मूलनाइके जस्तो रहदै रहेनन
उनी आफ्नै अपराधबोधले पिल्सिरहेका छन
धेरैको रगतपसिनाले जोडजाड गरेर
बनाएको आफ्नो प्राण भन्दा प्रिय पार्टी
त्यो असिम आस्थाको धरोहर
जहाँ जनताको सपना जोडिएको छ
जहाँ देशको भरोसा गासिएको छ
त्यो जरैदेखि हल्लिएको देख्दा
गोडमेल गर्दै आएका श्रमिकहरूको
हंसले ठाउँ छोडन खोजिरहेको छ
जोरिपारीहरू भन्न थालेका छन
यस्तै हो भने तिमीहरूले सर्वस्व ठानेको
त्यो निष्ठाको प्रतिक
हेर्दा हेर्दै ढल्न धेरै दिन पर्खनु पर्दैन
एक युगदेखि कस्तै हावाहुण्डरी चट्याङ झेलेर पनि
आफ्नो लोकतान्त्रिक अस्तित्व र क्रान्तिकारी पहिचान
जोगाउन सफल
आशा र बिश्वासको त्यो बिशाल र बलशाली बृक्षबाट
किन यसबेला रगतको आँसु बगिरहेको छ !
राम कट्टेल  – १४ पुस २०७९
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार