नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले देशव्यापी रुपमा राष्ट्रपतिको सहयोगार्थ रु १ संकलन अभियान सुरु भए सगै हल्दिबारीमा पनि अभियान सुरु गरिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि दिल्ली लैजाँदा भएको एयर एम्बुलेन्स र फर्किँदाको नेपाल वायु सेवा निगमको भाडासहित ५५ लाख रूपैयाँ भुक्तानीका लागि अर्थ मन्त्रालयलाई परराष्ट्रले पत्राचार गरेपछि अनेरास्ववियुको केन्द्रिय कमिटीको निर्देशनमा देशव्यापी रुपमा सहयोग संकलन अभियान सुरु गरेको हो ।
यो अभियान देशभरि नै संचालन भइरहेको र झापामा सक्रियताका साथ चलिरहेको अनेरास्वविुका झापा जिल्ला कमिटी सदस्य अबिषेक खतिवडाले बताए ।
खतिवडाको प्रमुख आतिथ्यतामा हल्दिबारी गाउँकमिटीले आयोजना गरेको कार्यक्रममा ढडुवा बजारमा रु १ संकलन अभियान समापन गरिएको अनेरास्ववियु हल्दिबारीका सचिव सबिन कार्कीले जानकारी दिएका छन।