हल्दिवारी,२६ असार । बिर्तामोड नगरपालिका वडा नम्बर ५ मा भञ्सार छलेर ल्याएको चिनीसहित प्रहरीले पिकअप गाडी नियन्त्रणमा लिएको छ ।

चालक नभएको रोकी राखेको प्र १–०१–००१ च ९९०१ नम्बरको पिकअप गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त प्रहरी टोलीले शंका लागेर मंगलबार चेकजाँच गर्दा उक्त पिकअप गाडी भित्र ५० केजी दरका १९ बोरा चिनि फेला पारेको थियो ।

गाडीमा ७० हजार रुपैयाँ बराबरको अबैध चिनी फेला परेकोले उक्त करिब ८ लाख रुपैयाँ पिकअप समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिएको चिनीसहित गाडीलाई आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काकँरभिट्टामा बुझाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार