हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

आज भानुजयन्ती, देशका शैक्षिक तथा प्राज्ञिक क्षेत्रमा विविध कार्यक्रम गरी मनाइँदै

हल्दिबारी, २९ असार ।   आज २१० औँ भानुजयन्ती । आज देशका शैक्षिक तथा प्राज्ञिक क्षेत्रमा विविध कार्यक्रम गरी भानुजयन्ती मनाइँदै छ ।
नेपाली साहित्य जगत्मा प्राथमिक कालका कवि मानिँदै आउनु भएका  आदिकवि भानुभक्त आचार्यको जन्म विसं १८७१ असार २९ गते चुँदीबेँसी रम्घा तनहुँमा भएको थियो । नेपाली भाषालाई मौलिकता प्रदान गर्नुभएका आदिकविका साहित्य नेपाली समाजमा आजपर्यन्त उत्तिकै लोकप्रिय छन् ।

Advertisement

विशेष गरी उहाँले नेपाली संस्कृत भाषामा लेखिएको रामायणलाई नेपाली भाषा र लोकशैलीमा उल्था गरेर समाजका जनजिब्रोमा पु(याउन सक्नुभएको छ ।  यसबाहेक उहाँद्वारा रचिएका भक्तमाला (१९१०), वधु शिक्षा (१९१९), प्रश्नोत्तरमाला (१९१०) र रामगीता (१९२५) को महìव आज पनि उत्तिकै छ । आदिकवि आचार्यले पूर्वीय दर्शन, धर्म संस्कृतिमा आधारित कविताले समाजमा नैतिक सन्देश प्रवाह गर्न निकै ठुलो भूमिका निर्वाह गरेको छ । नेपाली साहित्य जगत्का चम्किला तारा मानिनुहुने भानुभक्तको  मृत्यु विसं १९५५ मा तनहुँको रम्घामै भएको थियो ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)