हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

खर्च भएको देखाउनकै लागि फाइभस्टार होटलमा आयोजना गर्ने कार्यक्रममा म आउँदिन : मन्त्रीमोदी

काठमाडौं । संघीय मामिलातथा सामान्यप्रशासनमन्त्रीअमनलालमोदीले खर्च भएको देखाउनकालागि फाइभस्टार होटलमा आयोजनागरिने कार्यक्रममाआफू उपस्थितनहुने बताएका छन् ।

Advertisement

संघीय मामिलातथा सामान्यप्रशासनमन्त्रालयले वैदेशिक सहायताबाट सञ्चालितकार्यक्रमको समीक्षा गर्न चन्द्रागिरीमाआयोजना गरेको कार्यक्रमलाई सम्बोधनगर्दै मन्त्रीमोदीले यस्तो बताएकाहुन् ।

Advertisement

मन्त्रीमोदीले कार्य सम्पादनप्रभावकारी भएर गरिने समीक्षात्मक छलफल तथाअन्तक्र्रियामाभने आफू उपस्थितहुने बताए । उनले भने, “सम्झौताबमोजिमकार्यसम्पन्नभएर आयोजनागरिने समीक्षात्मक छलफल तथाअन्तक्र्रियामा म आउँछु तर वैदेशिक सहायताको पैसा खर्च गर्नकै लागिआयोजनागरिने बैठक अन्तक्र्रियामा म आउँदिन ।”

खर्च भएको देखाउनकैलागिकर्मचारीहरु असार मसान्तमादिनहुँ फाइभस्टारका कार्यक्रममामात्रै व्यस्तहुनथालेको मन्त्रीमोदीको भनाई थियो । “असार मसान्तको समय छ, कर्मचारीहरुअहिलेजनताको सेवामाभन्दापनि फाइभस्टारकाकार्यक्रममाव्यस्त छन् । कर्मचारीको यो दिनचर्याबाट सुशासन सम्भव छैन”उनले भने ।

वैदेशिक सहायताको वास्तविक मर्मअनुसारको कामहुननसकेको बताउँदै उनले भने, “वैदेशिक सहायताको मर्म जे हो, त्यो अनुसारको कुनै पनिकामहुन सकेको छैन, खर्च भएको देखाउनमहँगो होटल ताक्ने बेथिति बढेको छ, यसको रोकथामआवश्यक छ ।”

उनले मन्त्रालयमातहतको प्रदेशतथा स्थानीयशासन सहयोग कार्यक्रमले लक्ष्यअनुरुपको बजेट खर्च गर्न नसकेकोमापनि असन्तुष्टि जनाएका छन् । “हाम्रै मन्त्रालयमातहतको प्रदेशतथा स्थानीयशासन सहयोग कार्यक्रम (पिएलजीएसपी)ले पनिलक्ष्य अनुरुपको बजेट खर्च गर्न सकेन, यसबारे गम्भीर समीक्षा जरुर आवश्यकता छ” उनले भने ।

मन्त्रीमोदीले वैदशिक सहायतालाई लक्षितवर्गसम्म पुर्याउन जरुरी भएको समेतबताएका छन् । लक्षितवर्गसम्म वैदेशिक सहायताको रकमपुग्ननसक्ने कार्यक्रमको लक्ष्यपनि पूरा हुननसकेको उनको भनाई थियो ।

वैदेशिक सहायतासँग सम्बन्धितप्रतिनिधिहरुलाई कर्मचारीहरुले अनेकन् बहानामादुखदिने गरेको गुनासो पनिआफूले सुनेको बताउँदै मन्त्रीमोदीले भने, “आफू अनुकुलताको कुरा राखेर, लोभ र लालच देखाएर यो वात्यो बहानामाकर्मचारीहरुले वैदेशिक सहायताकाप्रतिनिधिहरुलाई घुमाइराखेको गुनासो पनि सुनेको छु, अब कर्मचारीबाट यो वात्यो बहानामाअसहयोग भएमलाई सिधा सम्पर्क गर्नुहोला ।”

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)