हल्दिबारी , ३१ असार । काठमाडौँस्थित भारतीय राजदूतावासले हल्दिबारी गाउँपालिकालाई उपहार स्वरुप एउटा एम्बुलेन्स प्रदान गरेको छ । गाउँपालिका उपाध्यक्ष लक्ष्मी देवी मैनालीको सक्रिय पहलमा हल्दिबारीले एम्बुलेन्स प्राप्त गरेको श्रोतले जनाएको छ।
नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने सङ्घसंस्थालाई ३४ वटा एम्बुलेन्स र ५० स्कुल बस उपहारस्वरुप प्रदान गरेको भारतीय दूतावासले हल्दिबारीलाई समेत प्राथमिकतामा राखेर एम्बुलेन्स प्रदान गरेको हो ।
आज दूतावासमा आयोजित एक कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले एम्बुलेन्स र स्कुल बसको चाबी हस्तान्तरण गर्नुभएकोथियोे ।
हल्दिबारी गाउँपालिका उपाध्यक्ष एम्बुलेन्स लिन दुई दिन अगाडिनै काठमाडौ पुग्नु भएको थियोे ।उपाध्यक्षहरुको न्यायीक सम्मेलनमा गएको बेला एम्बुलेन्सको लागि गाउँपालिकाको तर्फबाट दूतावासमा निवेदन दिनु भएको थियोे ।
हल्दिबारीले एम्बुलेन्स प्राप्त गर्नुमा उपाध्यक्ष मैनालीको महत्त्वपूर्ण भुमिका रहेको छ । नेपाल रेडक्रस सोसाइटीको एम्बुलेन्स बिगि्रएको र २ वटा एम्बुलेन्स व्यक्ति गत रूपमा चलाई रहेको अवस्थामा हल्दिबारीमा गाउँपालिकाकै एम्बुलेन्स सेवा सञ्चालन हुने भएपछि हल्दिवारीबासीलाई सहज हुने छ ।