हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

आजदेखि विलासिताकाे कर लाग्ने

काठमाडौँ। साेमबारदेखि नयाँ आर्थिक वर्ष २०८०/८१ सुरु भएसँगै अर्थमन्त्री डा. प्रकाशशरण महतले ल्याएको बजेट समेत लागू भएको छ। आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसँग सम्बन्धित् तीन विधेयक प्रमाणीकरण गरेका थिए।

Advertisement

यससँगै, साेमबारदेखि विलासिता कर लागू भएको छ। सरकारले चालू आर्थिक वर्षदेखि लागू हुने गरेर चार र पाँच तारे होटलका लागि २ प्रतिशत विलासिता करको व्यवस्था गरेको थियो। यस्तै, १० लाखभन्दा बढीको गरगहना किन्दासमेत २ प्रतिशत विलासिता कर तिर्नुपर्छ भने वैदेशिक भ्रमणमा जाँदासमेत सोही दरको कर तिर्नुपर्ने व्यवस्था बजेटमार्फत गरिएको छ।

Advertisement

वैदेशिक रोजगार सेवा शुल्कसमेत साेमबारदेखि लाग्ने भएको छ। बजेटमार्फत सरकारले वैदेशिक रोजगारीमा पठाउने मेनपावर व्यवसायीलाई १ प्रतिशत करको व्यवस्था गरेको थियो। यो कर आज (साेमबार)देखि लागू भएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)