अर्जुनधारा । अर्जुनधारा ८ स्थित शनिश्चरे माध्यमिक बिद्यालयमा संचालित उद्घोषण तालीमको समापन भएको छ । अर्जुनधारा नगरपालिका वडा नम्बर ८ को सहयोग तथा बिद्यालयको ब्यबस्थापनमा ९ दिवसीय तालिम संचालन गरिएको थियो ।
बिद्यालयमा रहेको बाल क्लब,विद्यार्थी गरि ३० जनाको सहभागीता रहेको थियो । बालबालिकाको अन्तरनिहित क्षमता उजागर गर्न तालिम आयोजना गरिएको बताईएको छ ।

समापन कार्यक्रममा बोल्दै वडाध्यक्ष कुमार उप्रेतीले बालबालिकाको रचनात्मक बिकासका लागि तालीम गरिएको बताए । कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष डिल्लीराम दाहाल,सह प्रधानाध्यापक बिनोद गौतम,शिक्षक पुन्य सुवेदीले तालीमले बालबालिकाको हौसला वृद्धि गरेको बताए ।

समापन कार्यक्रममा वडा सचिब प्रकाश पौडेल, बालक्लब फोकल पर्सन रुद्र खतिवडा , शिक्षक सुजन राना मगरको उपस्थिति रहेको थियो ।बाल क्लब अध्यक्ष सपना तामाङको अध्यक्षता रहेको कार्यक्रमको संचालन जुनु पौडेल र सन्ध्या खतिवडाले गरेका थिए । तालिमको सहजीकरण बालबालिका तथा शिक्षा संचार मञ्चका संयोजक सरोज पौडेलले गरेका थिए ।


















