हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

सिनामंगलमा भेटियो शङ्कास्पद वस्तु : पर्चामा लेखिएको छ आरडीएक्स बारुदको बम राखिएको छ, सावधान !

काठमाडौं । काठमाडौंको सिनामंगलमा शंकास्पद वस्तु फेला परेको छ । सिनामंगल पुल नजिक रहेको खोटाङ हलेसी ज्वलेर्सको सटर अगाडि शंकास्पद वस्तु फेला परेको हो ।
शंकास्पद वस्तु नजिकै हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चा पनि भेटिएको छ । हाल शंकास्पद वस्तु भेटिएको ठाउँ वरपरको क्षेत्र खाली गरिएको काठमाडौंका प्रहरी प्रवक्ता एसपी सीताराम रिजालले बताएका छन् । नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको छ ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)