हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

हल्दिबारीमा विधुत महसुल नतिर्ने उपभोक्ताको लाइन काटियो

हल्दिबारी,६ श्रावण । धुब्रतारा बहुउद्देश्यीय विधुत उपभोक्ता समितिले आजदेखी लामो समयदेखि बिधुत महसुल नतिर्ने उपभोक्ताको बिधुत लाइन काटन शुरु गरेको छ ।

Advertisement

बिधुत उपयोग गरेर महसुल नबुझाउने ३६५ उपभोक्ताको लाइन काट्ने क्रममा आज १० उपभोक्ताको लाइन काटिएको समितिका सहसचिव नवीन मैनालीले जानकारी दिए । उनका अनुसार ४ महिना देखि ३० महिना सम्मको उपभोक्ताबाट महसुल नतिरी रहेको अवस्थामा पटकपटक सार्वजनिक सूचना र घरघरमा नै गएर अनुरोध गर्दा समेत महसुल  नबुझाएपछी बाध्य भएर लाइन काट्नु परेको मैनालीले बताए ।

Advertisement

उपभोक्ताले १२ सय देखि १ लाख सम्म महसुल बुझाउन बाकी रहेको र समितिले उल्टै बिधुत प्राधिकरणलाई जरिवाना समेत बुझाउनु पर्ने भएकोले आजदेखी लाइन काटन शुरु गरेको हो । आज काटिएको १० उपभोक्ता मध्य ८ उपभोक्ताले महसुल र जडान शुल्क बुझाएर आजै बिधुत जडान गरेका छ्न ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)