कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

कविता : “आमा”

वृद्धाश्रमबाट सोध्नु हुन्छ तिमीलाई कस्स्तो छ आमा हाँसेर भन्नु हुन्छ
दु:ख पीडामा पनि हुर्काएँ मैले तिमीलाई छातीमा टाँसेर भन्नु हुन्छ
गरिबीमा पनि त पढाए मैले तलाई नाकको फुली नै मासेर भन्नु हुन्छ
गाउँ बेसी उकाली ओराली गर्दै हुर्केको तिमी डोको माथि बसेर भन्नु हुन्छ
झोले भन्छौ मलाई झोला सिलाइदे सारीको आचल मासेर भन्नु हुन्छ
म तिम्रो खुसीमा रमाउथे सधैं भोको पेटमा हाँसेर भन्नु हुन्छ
तलाई पढाउन खाडी गए बा बाटो खर्च छड्के तिलहरी मासेर भन्नु हुन्छ
बाले पठाएको रेमिटेन्सले चिल्ला गाडी कुद्दैछन् हाँसेर भन्नु हुन्छ
देशले शिक्षादीक्षा दियो विदेशीन्छौ ग्रिनकार्ड पिआरमा रमायौ हाँसेर भन्नु हुन्छ
विदेश बनायौ आज गैरी खेत टार बारी नै पुर्खाको छाती मासेर भन्नु हुन्छ
तेल भिसामा मुख हेर्न आउला बाटो खर्च कानको बुलखी मासेर भन्नु हुन्छ
पपकन खादै बस तिमी म आफ्नै देशमै ढिडो खान जान्छु हाँसेर भन्नु हुन्छ।

Advertisement

राज कुमार कार्की
मे न पा-१५, झापा।
धन्यवाद।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article