काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-९ काभ्रे भञ्ज्याङमा बिपी राजमार्ग सडकखण्डमा प्रहरीले २६ बाक्सा पटाका बरामद गरेको छ। सिराहाबाट भुस्सा लोड गरी काठमाडौँतर्फ जाँदै गरेको ट्रकमा लुकाइछिपाई ल्याएको पटाकाहरू प्रहरीले नियमित सवारी जाँचको क्रममा शनिबार बेलुका फेला पारेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार श्रेष्ठका अनुसार विभिन्न प्रकारका पटाकाहरू बरामद भएका छन्। ट्रकमा “जोकर” लेखिएको चार सय प्याकेट, “हाईस्पेड स्पिनर चक्र” लेखिएको एक हजार २०० प्याकेट, र “सिंगल रकेट” लेखिएको ४८ प्याकेट पटाका बरामद गरिएको छ।

त्यसैगरी, “खुर्सानी” लेखिएको पटाका १४ बोरामा दुई लाख ८६ हजार आठ सय पिस फेला परेको छ। ट्रक नियन्त्रणमा लिए पनि ट्रक चालक फरार रहेको र यस विषयमा थप अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले बताएका छन्। (फाइल तस्विर)

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार