हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

कविता: “महादेव र संस्कार”

कविता: “महादेव र संस्कार”

Advertisement

कक्षामा शिक्षक प्रवेश गर्दा
विद्यार्थी बेन्चबाट उठेर
“गुड मर्निङ सर” भन्छन।
यो अङ्ग्रेजी संस्कार हो।
आफू भन्दा ठुला आउँदा
आफ्नो आशन बाट उठेर
गरिने सम्मान
हाम्रो संस्कार हो।
अब हेरौं सनातनी संस्कार ।
कुनै समय
यज्ञ स्थलमा दक्ष प्रजापति पल्दा,
सबै सहभागी उठे,
ब्रह्मा उठेनन्
महादेव उठेनन्,
क्रुद्ध दक्ष
आफू ठूलो भएको घोषणा गर्दै
महादेवमा संस्कार नभएको अर्को घोषणा
गर्न पछि परेनन्।
सायद अङ्ग्रेजी संस्कारले पनि
यही प्रसङ्ग बाट ठाउँ पायो ।

Advertisement

अर्जुन दाहाल
गाैरादह–३, झापा

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)