आज २०८२ साल साउन १८ गते आईतबार, तपाईको राशिफल ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) छात्रहरूलाई नयाँ कुरा सिक्ने मौका मिल्नेछ। धैर्य र पराक्रमले आँटेको कार्यमा सफलता मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) उद्योग व्यापारमा लाभ रहनेछ। घरपरिवारमा पुरानो कुरा लिएर मनमुटाव रहनेछ। श्रमको उपयुक्त मूल्याङ्कन मिल्नेछ। नयाँ कार्य सुरु गर्ने समय रहेको छ आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) हिम्मत गर्दा जटिल कार्य पनि सम्पादन गर्न सकिनेछ। व्यापार व्यवसायमा जीवनसाथीको सल्लाहबाट लाभ मिल्नेछ। आयस्रोत बढ्नाले नयाँ कार्यतर्फ आकर्षित भइनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) रमाइलो भेटघाटका साथै दिगो कार्य प्रारम्भ हुनेछ। पहिलाका रोकिएका कार्यहरू बन्नेछन्। आम्दनी बढ्नाले मनमा उत्साह जाग्नेछ। श्रमको उचित मूल्यांकन पाइनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) व्यापार व्यवसायमा सफलता मिल्नेछ। नँया अनुबन्धहरू लाभदायी रहनेछन्। छात्रहरूले पढाइमा एकाग्रता राख्नुपर्ने हुन्छ। माननीय जनहरूको कुरालाई वेबास्था नगर्नुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सामाजिक स्तरमा हजुरको लोकप्रियता बढ्नेछ। विद्यार्थीवर्गको अध्ययनमा समय बित्नेछ। नोकरी वा पेशामा आफ्नो कार्यले अरूलाई प्रभावित पार्न सक्नुहुनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ९ रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) विगत को सफलताले थप कार्य गर्नमा हौसला मिल्नेछ। घरपरिवारबाट सोचेजस्तो सहयोग नमिल्ला।कार्यक्षेत्रमा अरुको विश्वासमा कार्य नछोड्नुहोस्| आजको शुभ रंग गुलावि हो भने शुभ अंक ६ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) प्रतिक्षित नतिजा कमजोर देखिनाले कार्य दोहोराएर गर्नुपर्ला। सम्भावना देखिए पनि सोचेजस्तो उपलब्धि प्राप्त नहोला। आहारविहारमा सजग रहनुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) पुरुषार्थले प्रतिस्पर्धीहरूको मनोबल कमजोर पार्न सकिनेछ। आयस्रोत बढाउनको लागि मित्रहरूको सहयोग मिल्नेछ। कला वा साहित्यको क्षेत्रमा सफलता मिल्नेछ। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक १ रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) तारिफ योग्य काम गर्दै मानसम्मान आर्जन गर्न सकिनेछ। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। नोकरी व पेशामा सोचे अनुसार अवसर नमिल्नाले मन चिन्तित रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) रोजगारबाट लाभ मिल्नुका साथै नयाँ योजनाहरूमा लगानी लगाउनु पर्ला। राजनीतिक क्षेत्रमा जुठो आरोप लाग्ला सावधान रहनुहोस्। जीवनमा आलस्यलाई हावी हुन नदिनुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मन उत्साहले परिपूर्ण रहनेछ। कार्यक्षेत्रमा सहयोगीहरूको सहयोगले अप्ठ्यारो काम पनि सजिलै सम्पादन हुनेछ। व्यापार व्यवसायमा आर्थिक लाभ हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।
राशीफल साभार: हाम्रोपात्र

















