हातमा बाइवल बोकेर
कुरानको पाठ घोकेर
बुद्धम सरणमं गच्छामी भन्दै
पसुपती नाथको दर्सन
गर्दै गरेको
अचम्मको मानव देखे
के यो सम्भब छ ?संख घन्ट फोडेर
मठ मन्दिर तोडेर
सबै धर्म सस्कार छोडेर
सर्बभक्क्षिभै सबै चिजले भुँडी भरेर
आफुलाइ पुरै भौतिक बादी सोचेर
हिडेको मानिस
हातमा गिता समाइ
इसु क्राइस्टको प्राथना मा रमाइ
अल्लाह अकर भन्दै
बुद्ध चित्तको माला जप्दै गरेको
अचम्मको मानव देखे
के यो सम्भब छ ?भौचालो आउदा भुमी पुजा गर्ने
प्रकृतिको दोहन गर्न मन पर्ने
कोरोना हटाउन प्राथना गर्ने
कैले ग्रीजा घर
कैले अल्ला अकबर
कैले ॐ सान्ती भन्दै
कैले बुद्धचित्त गन्दै
यो लौकिक संन्सार केही होइन भन्दै
भोग बिलास का
भौतिक सधन हरुको बिचमा रम्दै
गरेको
अचम्मको मानव देखे
के यो सम्भब छ ?मेरो आफ्नो भन्ने केही छैन भन्दै
घोटालाको अरबौँ दर्बे गन्दै
यामपालामा सवारी गर्दै
सिस महलमा पदासिन भएको
सर्बहारा देखे
जे देखे त्यही लेखे
अचम्मको मानव देखे
के यो सम्भब छ ?कार्लमाक्सको टोपी लगाएर
गान्धी को धोती हाल्लएर
स्तालिनको जुँगा मुठार्दै
सि जिङ्गपिग को भासण पुकार्दै
सान्ती भवन्तु सुखेन भन्दै
हिड्ने
अचम्मको सपना देखे
के यो सम्भब छ ?बाल कृष्ण खनाल टिकार कैलाली
२०७७-१-२५
कविता:अचम्म को सपना देखे
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1