हल्दीबारी– झापाको हल्दीबारी गाउँपालिका–२ पशुपति चोक पूर्व बस्ने लुखि हेम्रम मृत फेला परेकि छन्। उनलाई कमल राईको बगानबाट पशुपति चोक जोड्ने बाटोमा मृत अवस्थामा फेला पारिएको हो। केही दिनयता बढेको अत्याधिक गर्मीका कारण उनको मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ।

​घटनास्थललाई सुरक्षित राखेर जिल्ला प्रहरी कार्यालय झापाको अनुसन्धान टोलीलाई खबर गरिएको स्थानीय हल्दीबारी प्रहरीले जनाएको छ। जिल्लाको टोली आएपछि घटनाको थप अनुसन्धान हुने प्रहरीले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार