काठमाडौँ। नेपाली हिन्दू धर्मावलम्बीहरूको समेत ठुलो आस्था रहेको भारतको प्रसिद्ध श्री अमरनाथ यात्रा यसपालि आगामी असार १९ गते (३ जुलाई २०२६) देखि सुरु हुने भएको छ। पूरे ५७ दिनसम्म चल्ने यो पवित्र यात्रा आगामी भदौ १२ गते (२८ अगस्ट) रक्षाबन्धनका दिन समापन हुने जम्मू-कश्मीर प्रशासनले जनाएको छ। बाबा बर्फानीको दर्शनका लागि नेपालबाट हरेक वर्ष ठुलो संख्यामा सर्वसाधारण र साधुसन्तहरू त्यता जाने गर्दछन्।

​यसपालि जम्मू-कश्मीर प्रशासनले सुरक्षा र स्वास्थ्य व्यवस्थालाई लिएर निकै कडा नियमहरू लागु गरेको छ, जसको सीधा असर नेपालबाट जाने तीर्थयात्रीहरूलाई पनि पर्ने देखिन्छ। नयाँ नियम अनुसार १३ वर्षभन्दा कम उमेरका बालबालिका र ७० वर्ष नाघेका ज्येष्ठ नागरिकहरूले यसपालि यात्राको अनुमति पाउने छैनन्। १४ देखि ४३ किलोमिटरको यो पैदल मार्ग निकै उचाइ र चुनौतीपूर्ण भूगोलमा पर्ने भएकाले हरेक यात्रीको कडा स्वास्थ्य जाँच (Medical Fitness Certificate) अनिवार्य गरिएको छ। भारत पुगेपछि यात्रीहरूको सुरक्षाका लागि जम्मूको भगवती नगर बेस क्याम्पमा आरएफआईडी (RFID) सेन्टर, लङ्गर र बस टिकटको विशेष व्यवस्था मिलाइँदैछ। नेपाली तीर्थयात्रीहरूले पनि समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई आवश्यक अनुमति पत्र लिन प्रशासनले आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार