समाचार
हल्दिबारी संवाददाता ९ महिना अगाडि

Gen-Z शहीद स्मृतिमा विश्रामालय स्थापना

मोरङ — भाद्र २३ र २४ गते भ्रष्टाचार अन्त्य र सामाजिक सञ्जाल खुला गर्नुपर्ने मागसहित सडकमा उत्रिएका जेन-जी पुस्ताका युवामाथि सुरक्षाकर्मीले दमन गरी गोली प्रहार गर्दा ज्यान गुमाएका युवाहरूको स्मृतिमा मोरङको रतुवामाई नगरपालिका–१० मा “Gen-Z विश्रामालय” स्थापना गरिएको छ।

सचेत युवा समूहको पहलमा बनेको उक्त विश्रामस्थललाई अझ व्यवस्थित बनाउन अहिले निरन्तर प्रयास भइरहेको जनाइएको छ।

विज्ञापन (Advertisement)Advertisement

सचेत युवा समूहका साथीहरूले यसलाई आफ्नो पुस्ताले दिएको बलिदानको प्रतीकका रूपमा चित्रण गरेका छन्। उनीहरू भन्छन्, “यो विश्रामालय हाम्रो पुस्ताले चढाएको बलिदानको स्मारक हो। हामीले आफ्ना शहीद साथीहरूको सम्झनामा मात्र होइन, आगामी पुस्तालाई प्रेरणा दिने उद्देश्यसहित यसलाई निर्माण गरेका हौं।”

युवा समूहले विश्वास व्यक्त गरेको छ कि यो विश्रामालय जेन-जी शहीदहरूको योगदान सम्झाउने मात्र नभई समाजलाई सचेत र जागृत बनाउन योगदान पुर्‍याउनेछ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)