हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ११ महिना अगाडि

Sloke Vibe को धमाकेदार कमब्याक: बिर्तामोडबाट र्याप इन्डस्ट्री हल्लाउन तयार!

बिर्तामोड, झापा । केही समयको विश्रामपछि झापाको चर्चित र्याप ग्रुप Sloke Vibe फेरि धमाकेदार कमब्याकको तयारीमा जुटेका छन्। दर्शक तथा श्रोतालाई उत्साहित बनाउने गरी उनीहरूले नयाँ म्युजिक भिडियोसहित पुनः र्याप इन्डस्ट्रीमा प्रवेश गर्न लागेका हुन्।

Advertisement

स्थानीय युवामाझ निकै लोकप्रिय रहेको Sloke Vibe ले यसपटकको कमब्याकलाई “सबैभन्दा ठुलो” भन्दै प्रमोट गरेका छन्। उनका अनुसार यसपटकको प्रस्तुतीमा संगीत, शब्द र भिडियो निर्माणमा नयाँपन देखिनेछ।

Advertisement

Sloke Vibe का सदस्यहरूले सामाजिक सञ्जालमार्फत फ्यानलाई यसपटकको म्युजिक भिडियो “सिर्जनात्मक, दमदार र फरक स्वादको” हुने दाबी गरेका छन्। बिर्तामोडको सडकदेखि स्टुडियोसम्मको संघर्ष बोकेको समूहले योपटकको सिर्जनालाई आफ्नो करियरको महत्वपूर्ण मोडको रूपमा लिएको जनाएका छन्।

कमब्याक म्युजिक भिडियोको टिजर चाँडै सार्वजनिक गरिने भएको छ भने फुल भिडियो भने आगामी साता YouTube र अन्य डिजिटल प्लेटफर्ममार्फत रिलिज हुने बताइएको छ।

र्यापप्रेमीहरूका लागि यो समाचार निकै उत्साहजनक बनेको छ। Sloke Vibe को कमब्याकले स्थानीय कलाकारहरूलाई पनि प्रेरणा मिल्ने विश्वास गरिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)