हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

अध्यादेश आउन लागेपछि एमालेमा भूकम्प, ओलीले बोलाए शीर्ष नेताहरुलाई बालकोट

सरकारले संसद अधिवेशन अन्त्य गरेर राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी थालेपछि एमाले अध्यक्ष केपी शर्मा ओली आन्तरिक छलफलमा जुटेका छन् । संसद अधिवेशन आजै मध्यराति अन्त्य हुँदैछ । माधव नेपाल पक्षलाई सहज हुने गरी दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने सूचना कांग्रेस नेताहरुबाटै पाएपछि ओलीले स्थायी कमिटीका नेताहरुसँग अनौपचारिक छलफल गर्न लागेका हुन् ।

Advertisement

महासचिव ईश्वर पोखरेलसहित पार्टीका पदाधिकारी र स्थायी कमिटीका नेताहरु बालकोट पुगेका छन् । सरकारले अध्यादेश ल्याउनुअघि नै कुनै कदम चाल्नेबारे समेत ओली छलफलमा छन् । एमाले एकताको लागि १० बुँदे सहमतिका आधारमा अघि बढ्ने भने पनि माधव नेपालले समान अधिकारसहितको अध्यक्षबाहेक अन्य कुरामा सहमत नहुने बताएपछि ओली अबको रणनीतिका बारेमा छलफलमा छन् ।

Advertisement

यसबीचमा माधव नेपाल पक्षका वार्ता टोली संयोजक समेत रहिसकेका उपाध्यक्ष भीम रावलले आइतबार महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलसँग लामो छलफल गरेका थिए । माधव नेपालका शर्त मान्न ओली तयार नभएपछि एमाले नेताहरु नयाँ रणनीतिका लागि छलफलमा जुटेका हुन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)