हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

अन्तराष्ट्रिय नेपाली रक्तदाता संघको अध्यक्षमा सत्याल चयन

काठमाडौं / अन्तराष्ट्रिय नेपाली रक्तदाता संघको पाँचौं महाधिवेशन शनिबार काठमाडौंको माया मनोर बुटिक होटेलमा सम्पन्न भएको छ । महाधिवेशनले अजय सत्याल (अमेरिका) लाई पुनह अध्यक्षमा चयन गरेको छ ।

Advertisement

यसैगरी उपाध्यक्षमा निरञ्जन पौडेल (क्यानडा) र डा. मनिता राजकर्णिकार (नेपाल), महासचिवमा राहुल रेग्मी (नेपाल), सचिवमा तेज कटुवाल (कतार) र कोषाध्यक्षमा उत्तम अधिकारी (नेपाल) चयन भएका छन्। यसैगरी केन्द्रिय सदस्यहरमा विनोद भट्टराई (नेपाल), एभरेस्ट गौतम (युके), केदार तिमिल्सिना (अमेरिका), मञ्जु कर्माचार्य (युके), राज गौतम (पोर्तुगल), राजन काफ्ले (आयरल्याण्ड), शिवराम भण्डारी (फ्रान्स), रुपेन्द्र विक्रम हमाल (कुवेत), अर्जुन बोगटी (भारत), दिपक श्रेष्ठ (ओमन), भुपाल सिटौला (अष्ट्रेलिया), जिवन घिमिरे (अमेरिका), चन्द्र शाही (साईप्रस), सोमेस अर्याल (नाइजेरिया), बिजय भुसाल (इटली), बर्षा छेत्री (युगान्डा), बालचन्द्र (बिबेक) पान्डेय (क्यानडा) र सुनिल राज श्रेष्ठ (युएई) रहेका छन्। त्यसै गरी सल्लाहकारमा बिनोद प्रसाद मैनाली (अष्ट्रेलिया) र हिक्मत थापा (नाइजेरिया) रहेका छन । २५ सदस्यीय नयाँ कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ ।

Advertisement

स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीको प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रममा पूर्व अर्थ सचिब सुमन शर्मा, ब्लोदान का अध्यक्ष सानु बाबु प्रजापती, नेपाल आईडल सिजन-२ का बिजेता रवी ओड, टियु लायन्स ब्लड बैंक का महासचिव अजय प्रसाद खनाल, डा. गिता राणा, निता घिरैया लगायत रहेका थिए।

मन्त्री केसीले कार्यक्रमको उद्घाटन गर्दै रक्तदान महादान भएको भन्दै नेपालमा अझै यसको जनचेतना जगाउन जरुरी भएको जिकीर गरे । रक्तदानको जनमानसमा स्वतस्फूर्त रुपमा भावना आउनुपर्ने भन्दै उनले रक्तदानसम्बन्धी कुनै पनि समस्या भएमा वा कानून बाधक बनेको भए त्यसका लागि स्वास्थ्य मन्त्रालय सहयोग गर्न तयार रहेको जिकीर गरे । उनले रक्तदान जस्तो महादानमा लागेको सम्पूर्ण रक्तदाताहरु धन्यवादको पात्र रहेको समेत जनाए ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष अजय सत्यालले संघ रक्तदान सम्बन्धी जनचेतना जगाई यसमा सरिक हुन प्रेरित गर्ने अन्तराष्ट्रिय संस्था रहेको र यसले अहिलेसम्म १४ देशमा आफनो शाखा विस्तार गर्न सफल भएको बताए । उनले जहाँ जहाँ जुन जुन देशमा नेपालीहरु पुगेका छन् त्यहाँ रक्तदानसम्बन्धी जनचेतना जगाई सोही स्थानमा रक्तदानमा सरिक गराउने काममा संघले काम गरिरहेको जनाए । उनले ३० बढी देशमा यस्ता गतिविधिहरु भइरहेको समेत जानकारी दिए ।

महासचिव राहुल रेग्मीले संचालन गरेको कार्यक्रममा स्वागत मन्तब्य एभरेष्ट गौतमले राखेका थिए भने संस्थाको सांगठनीक तथा आर्थिक प्रतिबेदन उत्तम अधिकारीले प्रस्तुत गरेका थिए । बिज्ञ तथा केन्द्रिय रक्तसंचार सेवा का पूर्व निर्दशक डा. मनिता राजकर्णिकारले नेपालमा रक्तदान क्षेत्रको योगदान, महत्व, बर्तमान अवस्था र सुधार गर्नुपर्ने पक्षहरुका बारेमा प्रस्तुति राख्नु भएको थियो ।

 

 

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)