झापा — झापा गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूका लागि विभिन्न सहायक सामग्री वितरण गरेको छ।

आर्थिक वर्ष २०८१/८२ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको ‘अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम’ मार्फत सामग्री वितरण गरिएको हो।

कार्यक्रमअनुसार गाउँपालिकाभित्रका १११ जना अपाङ्गता भएका व्यक्तिहरूलाई उनीहरूको आवश्यकताको आधारमा सहायक सामग्रीहरू उपलब्ध गराइएको झापा गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले उपलब्ध गराएका सामग्रीमा व्हीलचेयर, एल-स्टिक, वाकर, ट्राइपड स्टिक, एक्सिलरी क्रच, ट्वाइलेट चेयर, सीपी स्ट्याण्डिङ्ग फ्रेम, सीपी सिटिङ्ग चेयर, एयर म्याट्रेस, ह्वाइट केन र हियरिङ एड लगायत रहेका छन्।

गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको दैनिक जीवन सहज बनाउने, आत्मनिर्भरता बढाउने तथा सामाजिक सहभागिता सुनिश्चित गर्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरेको जनाएको छ।

गाउँपालिका कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलियाले यस्ता कार्यक्रमहरूले अपाङ्गता भएका व्यक्तिको जीवनस्तर सुधारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता जनाइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
1

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार