हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

अफगानिस्तानको पूर्वी क्षेत्रमा अमेरिकाद्वारा ड्रोन आक्रमण

एजेन्सी । अमेरिकाले अफगानिस्तानको पूर्वी क्षेत्रमा इस्लामिक स्टेट(आईएस) लाई लक्षित गरेर ड्रोन आक्रमण गरेको छ ।

Advertisement

ड्रोन आक्रमणमा आईएसका एक सदस्य मारिएका अमेरिकी सैनिकलाई उदृत गर्दै बीबीसीले जनाएको छ । मारिने व्यक्ति गएको बिहीबार काबुल विमानस्थलमा १३ अमेरिकी सैनिकसहित १ सय ७० भन्दा बढीको ज्यान जाने गरी भएको आक्रमणका योजनाकार रहेको दाबी गरिएको छ ।

Advertisement

नानगहार प्रान्तमा भएको आक्रमणमा आईएसको समूहका योजनाकारलाई निसाना बनाइएको खबरमा उल्लेख छ । ड्रोन आक्रमणमा सर्वसाधारणलाई कुनै क्षति नभएको अमेरिकाले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)