हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

अमिताभ र डेनीले नेपाली टोपीमा सजिँदै  गाए ‘केटीको’ गीत

नेपालमा छायांकन भएको बलिउड फिल्म उचाइको नयाँ गीत ‘केटीको’ सार्वजनिक भएको छ । गीतमा अमिताभ बच्चन, डेनी डेनजोङ्पा, बोमन इरानी र अनुपम खेर नेपाली टोपीमा सजिएर नृत्य गरिरहेका छन् । बुढ्यौंली उमेरका चार साथीहरु सगरमाथा क्षेत्रको भ्रमणका लागि नेपाल आएको सन्दर्भमा यो गीतको छायांकन गरिएको हो ।

Advertisement

नेपाली शब्दमै केटीको बोलको गीत बुनिएको छ । सुरज वर्जत्य निर्देशित यो फिल्मले नेपालको पर्यटन प्रवद्र्धनमा फाइदा पुग्ने अपेक्षा गरिएको छ । नेपालमै छायांकन भएकाले पनि नेपाली दर्शकमाझ फिल्मलाई लिएर प्रतीक्षा छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)