हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ९ महिना अगाडि

अमेरिकी राष्ट्रपति ट्रम्प सोमबार इजरायलमा, नेपाली बन्धक विपिन जोशीसँग भेट हुने सम्भावना

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार बिहान इजरायल आउने भएका छन्। उनले हमासले रिहा गर्न लागेको बन्धकहरूको पहिलो समूहलाई भेट्ने कार्यक्रम छ। सो समूहमा नेपाली बन्धक बिपिन जोशीको नाम पनि समावेश गरिएको अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएका छन्।

Advertisement

ट्रम्पको चार घण्टाको छोटो भ्रमणका क्रममा उनले प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग भेट गर्ने, इजरायली संसद नेसेटलाई सम्बोधन गर्ने र बन्धक बनाइएकाहरूका परिवारसँग भेट्ने कार्यक्रम छ।

Advertisement

इजरायली अधिकारीका अनुसार ट्रम्प बिहान ९:२० बजे तेल अविभमा अवतरण गर्ने र दिउँसो १ बजे फर्कने छन्। उनले बेन गुरियन विमानस्थलमा संक्षिप्त सम्बोधन गरेपछि नेसेटमा जानेछन्।

भाषणपछि ट्रम्प मिस्रको शर्म अल–शेखमा आयोजना हुने “शान्ति शिखर सम्मेलन” को सह-अध्यक्षता गर्न पुग्ने अपेक्षा गरिएको छ।

सुरक्षा कारणले ट्रम्प तेल अभिभको होस्टेज स्क्वायरमा नरोकिने बताइएको छ। यसअघि उनको यात्रा आइतबारका लागि तय भए पनि तयारी अभावका कारण सोमबारका लागि सारिएको हो।

शान्ति सम्झौताका पहिलो चरणमा सहमति बनेपछि ट्रम्पले भनेका थिए -“म मध्यपूर्व जाँदैछु, र जब बन्धकहरू रिहा हुनेछन्, म त्यहीँ उपस्थित हुने आशा राख्छु।”

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)