हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

अमेरिकी राष्ट्रपती स्वयंसेवक सेवा पुरस्कारबाट मैनाली सम्मानित

हल्दिवारी, ५ भदौ । बिस्वमा सबैभन्दा धेरै पटक रक्तदान गर्ने नेपाली मुलका अर्जुन प्रसाद मैनाली   ‘लाइफ़ टाइम एचिवमेन्ट अवार्ड ‘ बाट सम्मानित हुनुभएको छ ।
करिब दुई दशकदेखि अमेरिकाको न्यूयोर्कमा बसेर हालै मात्र नर्थ क्यारोलिना बसाइ आउनुभएका मैनाली नेपाली मूलका रक्तदाताहरुमध्ये सर्वाधिक रक्तदान गर्ने व्यक्ति हुनुहुन्छ । उहाँले हालसम्म दुई सय तीन पटक रक्तदान गरिसक्नुभएको छ ।
अमेरिकी राष्ट्रपति जोसेफ बाइडेनले हस्ताक्षर गरेका सम्मान पत्रमा ‘ कृतज्ञ मान्यताका साथ अमेरिका र संयुक्त राज्य अमेरिकाको राष्ट्रपति कार्यालयले अर्जुन प्रसाद मैनालीलाई स्वयम्सेवाको माध्यमबाट बलियो राष्ट्र निर्माण गर्ने आजीवन प्रतिबद्धताको लागि राष्ट्रपतिको जीवनभर उपलब्धि पुरस्कारले सम्मान गरेको छ’  संमान पत्रमा लेखेको छ।
नेपाल-अमेरिका द्विपक्षीय सम्बन्ध स्थापना भएको ७५ बर्षगाँठका अवसरमा नेपाल भिजन संस्था, न्यूयोर्कले मैनालीलाई  आज सम्मान प्रदान गरेको छ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)