हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ११ महिना अगाडि

अर्जुनधारा धामको अवलोकनमा लिङ्कन मन्टेश्वरी स्कुलका विद्यार्थी, धार्मिक र सांस्कृतिक चेतनामा जोड

झापा, बिर्तामोड — बिर्तामोड–३ मा अवस्थित लिङ्कन मन्टेश्वरी स्कुलले विद्यार्थीहरूलाई धार्मिक, सांस्कृतिक र ऐतिहासिक चेतनामा अभिवृद्धि गराउने उद्देश्यसहित अर्जुनधारा धाममा अध्ययन तथा अवलोकन भ्रमण सम्पन्न गरेको छ।

Advertisement

बुधवार सम्पन्न सो भ्रमणमा विद्यालयका दर्जनौँ विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। अर्जुनधारा धाम, जसलाई ‘पूर्वको पशुपतिनाथ’ भनेर पनि चिनिन्छ, त्यहाँ पुगेका विद्यार्थीहरूले धार्मिक सम्पदा, प्राचीन संरचना र क्षेत्रको सांस्कृतिक विविधताबारे प्रत्यक्ष अवलोकन गर्ने अवसर पाएका थिए।

Advertisement

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश ओझाले भ्रमणको क्रममा विद्यार्थीहरूलाई अर्जुनधारा धामको ऐतिहासिक पृष्ठभूमि, धार्मिक महत्व र पर्यटकीय सम्भावनाबारे जानकारी प्रदान गरिएको जानकारी दिए।

“किताबी ज्ञान मात्र होइन, व्यवहारिक अनुभवबाट सिक्नुपर्छ भन्ने उद्देश्यले यस्तो भ्रमणको आयोजना गरिएको हो,” ओझाले भने।

विद्यार्थीहरूका अनुसार सो भ्रमणले पाठ्यपुस्तक बाहिरको ज्ञान, सामाजिक बौद्धिकता र सांस्कृतिक मूल्यबोधमा सकारात्मक प्रभाव पारेको छ।

स्कुलका सञ्चालक सरोज पौडेलले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि यस्ता कार्यक्रमहरू आवश्यक रहेको बताए। उनले भने, “हामीले बालमैत्री वातावरणमा शिक्षासँगै व्यवहारिक सिकाइमा पनि जोड दिएका छौँ।”

लिङ्कन मन्टेश्वरी स्कुलले प्रत्येक वर्ष विद्यार्थीहरूको क्षमता विकासका लागि विभिन्न अतिरिक्त क्रियाकलाप गर्दै आएको विद्यालय व्यवस्थापनको भनाइ छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)