दार्जिलिङ। अलग राज्य गोर्खाल्याण्डको मागलाई लिएर क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा)को आह्वानमा नयाँ दिल्लीको जन्तर–मन्तरमा धर्ना प्रदर्शन गरिएको छ। यो क्रामाकपाको पहिलो कार्यक्रम होइन; पार्टीले यसअघि पनि पटक–पटक राजधानी दिल्लीमा यही मागलाई लिएर आन्दोलन गर्दै आएको छ।

धर्ना कार्यक्रममा वक्ताहरूले गोर्खाल्याण्ड राज्यको अपरिहार्यतालाई स्पष्ट पार्दै केन्द्र सरकारद्वारा बारम्बार दिइँदै आएको आश्वासनको वास्तविकता उजागर गरे।

उनीहरूले पश्चिम बंगाल सरकारको शासनमा गोर्खा समुदायमाथि दमन, उत्पीडन र अन्याय निरन्तर बढ्दै गएको आरोप लगाए।

वक्ताहरूले प्रश्न उठाए— दशकौँदेखि लोकतान्त्रिक र संवैधानिक रूपमा उठाइएको गोर्खा मुद्दालाई केन्द्र सरकारले किन अझै पनि गम्भीरतापूर्वक सम्बोधन गर्न सकेको छैन? उनीहरूले चेतावनी दिए कि यदि गोर्खाल्याण्डको मागलाई बेवास्ता गरिरहियो भने आन्दोलनलाई अझ सशक्त र व्यापक बनाइनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार