समाचार
हल्दिबारी संवाददाता ८ महिना अगाडि

आज शुक्रबारको राशिफल (१४ कार्तिक २०८२)

मेष ♈ :

आजको दिन शुभ रहनेछ। बोल्दा भने सावधानी अपनाउनुहोस्। राजनीतिक क्षेत्रमा लाभ मिल्ने सम्भावना छ। महत्त्वपूर्ण नियुक्तिको अवसर प्राप्त हुन सक्छ। विद्यार्थीका लागि पनि दिन सफल रहनेछ।

विज्ञापन (Advertisement)Advertisement

वृष ♉ :

आजको दिन सामान्य रहनेछ। विरोधीहरू सक्रिय हुने भएकाले काम गर्दा सतर्क रहनुहोस्। आफन्त वा साथीहरू विपक्षमा उभिन सक्छन्। पश्चिमतर्फको लामो यात्रा नगर्नु उचित हुनेछ। अध्ययनमा थप मिहिनेत आवश्यक देखिन्छ।

मिथुन ♊ :

आज भाग्यको साथ मिल्नेछ। सोचेका काम सफल हुने सम्भावना छ। गुरु वा वरिष्ठ व्यक्तिसँगको भेटले मनमा शान्ति ल्याउनेछ। स्वास्थ्यमा सुधार हुनेछ। तर, हरेक काममा मिहिनेत जारी राख्नुपर्छ।

कर्कट ♋ :

दिन सामान्य छ। साथीभाइहरू नै विरोधमा सक्रिय हुन सक्छन्। विश्वास गरेका व्यक्तिहरूबाट निराशा मिल्न सक्छ। पश्चिमतर्फको लामो यात्रा टार्नु राम्रो हुनेछ। अध्ययनमा थप ध्यान दिन आवश्यक छ।

सिंह ♌ :

आज व्यापारमा लगानीबाट लाभ हुने दिन हो। अध्ययनमा केही ढिलाइ भए पनि स्वास्थ्यमा सुधार हुनेछ। परिवार र समाजमा तपाईंको प्रशंसा बढ्नेछ। प्रेम सम्बन्धमा पनि सुमधुरता आउनेछ।

कन्या ♍ :

आज व्यवहारिक जिम्मेवारी बढ्नेछ। आफन्त वा परिवारका कारण काममा केही अवरोध आउन सक्छ। शिक्षामा सुधार हुने सम्भावना छ। तर प्रेम सम्बन्धमा विवाद वा तिक्तता बढ्नसक्छ।

तुला ♎ :

परिवारसँग रमाइलो घुमघामको अवसर मिल्नेछ। धार्मिक वा सामाजिक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ। समाजमा सम्मान प्राप्त गर्ने योग छ। प्रेम सम्बन्ध पनि मधुर रहनेछ।

वृश्चिक ♏ :

शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। तपाईंका योजना सफल बन्ने सम्भावना छ। गुरुजनको सल्लाह र साथ लिएर अघि बढ्नु लाभदायक हुनेछ। परिवारका कुरा गर्दा भने सोचविचार गरेर बोल्नुहोस्, धोका हुनसक्छ।

धनु ♐ :

खर्च बढ्ने सम्भावना छ। अनावश्यक खर्चका कारण तनाव हुन सक्छ। यात्रा नगर्नु राम्रो हुनेछ। बिहान धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नाले मनमा शान्ति मिल्नेछ।

मकर ♑ :

धनलक्ष्मी योग परेको दिन हो। आर्थिक रूपमा सशक्त बन्न सकिनेछ। स्वदेशमै रोजगारीका अवसर देखिनेछन्। स्वास्थ्य र शिक्षामा गरेको लगानी लाभदायक हुनेछ। राजनीतिक क्षेत्रमा पनि उन्नति सम्भव छ।

कुम्भ ♒ :

साथीसँगको भेटले मन प्रशन्न बन्नेछ। तपाईंको राशिमा चन्द्रमा रहेकोले सोचेका काम सफल हुनेछन्। खानपानमा लापरबाही नगर्नुहोस्, स्वास्थ्यमा असर पर्न सक्छ।

मीन ♓ :

अनावश्यक खर्च बढ्ने सम्भावना छ। सम्पत्तिको सदुपयोग गर्दा सचेत रहनुहोस्। धार्मिक यात्राको अवसर मिल्नेछ। अग्रज वा गुरुजनसँगको भेटले मनमा शान्ति ल्याउनेछ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)