हल्दीबारी, २६ साउन – सोमबार वसुमान योग र गजलक्ष्मी योगको प्रभाव रहने ज्योतिषविद्हरूले बताएका छन्। दिनको सुरुवात केही राशिका लागि सामान्य भए पनि दिउँसोबाट परिस्थिति अनुकूल हुँदै जानेछ।
मेष – बिहान सामान्य चुनौती आए पनि दिउँसो आर्थिक र सामाजिक क्षेत्रमा प्रगति। सरकारी वा कानुनी काममा सफलता। धार्मिक कार्यको सम्भावना।
वृष – साझेदारीबाट लाभ, धार्मिक यात्रा सम्भावना। दाम्पत्यमा निकटता तर प्रेमसम्बन्धमा सावधानी। खर्च बढ्ने संकेत।
मिथुन – अड्किएका काम पुरा, करियरमा वरिष्ठको सहयोग। पारिवारिक सम्बन्ध मजबुत। दीर्घकालीन लगानीमा अवसर।
कर्कट – पुर्ख्यौली वा स्थायी सम्पत्तिमा प्रगति। पदोन्नतिको सम्भावना। नयाँ साझेदारी प्रस्ताव। शुभ समाचार सुन्न सकिने।
सिंह – दिउँसोदेखि सुधार। प्रेमसम्बन्धमा सकारात्मक संकेत। व्यापारमा प्रतिस्पर्धीलाई पछाडि पार्ने अवसर। स्वास्थ्यमा सावधानी।
कन्या – अधूरो काम पूरा, आर्थिक पक्ष मजबुत। पढाइ वा तालिममा सफलता। खानपानमा संयमता आवश्यक।
तुला – ढिलो भए पनि काममा सफलता। टाढाका आफन्तबाट खुशीको समाचार। पुरानो मेहनतको प्रशंसा।
वृश्चिक – विदेश यात्रा वा व्यापारिक टुरको सम्भावना। प्रेममा विश्वास बढ्ने। नयाँ सम्झौता हुने संकेत।
धनु – अड्किएका काम पुरा, नयाँ अवसर प्राप्त। सरकारी काममा अनुकूलता। आर्थिक स्रोत बढ्ने सम्भावना।
मकर – पुराना सपना साकार हुने अवसर। कार्यस्थलमा स्थायित्व र पदोन्नतिको सम्भावना। पेटसम्बन्धी स्वास्थ्यमा ध्यान।
कुम्भ – व्यापारमा लाभ, नयाँ ग्राहक र बजार विस्तार। सिर्जनात्मकता बढ्ने। पारिवारिक वातावरण सुखद।
सामाजिक वा धार्मिक कार्यमा सहभागिता। अड्किएका योजना अघि बढ्ने। स्वास्थ्य सामान्य तर विश्राम आवश्यक।

















