काठमाडौं । हाइटीका राष्ट्रपति जोभेनेल मोइसको गोली प्रहारबाट हत्या भएको छ । आफ्नै घरमा रहेका बेला उनको गोली प्रहारबाट हत्या भएको त्यहाँको सरकारले पुष्टि गरेको छ ।

हाइटीका अन्तरिम प्रधानमन्त्री क्लाउड जोसेफले स्थानीय समयअनुसार बुधवार बिहान १ बजेतिर अज्ञात समूहको आक्रमणमा उनको निधन भएको बीबीसीले जनाएको छ ।

आक्रमणकारीले राष्ट्रपतिको निजी निवासमा आक्रमण गरेका थिए । सोही क्रममा राष्ट्रपति मोइसको मृत्यु भएको र उनकी पत्नी तथा प्रथम महिलालाई घाइते हुन पुगेको प्रधानमन्त्री जोसेफको कार्यालयले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।

आक्रमणमा संलग्न समूहको खोजी भइरहेको त्यहाँको सरकारले बताएको छ । प्रधानमन्त्री जोसेफले सो घटनालाई अमानवीय र बर्बर संज्ञा दिँदै शान्ति बहालीका लागि आह्वान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार