हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

इटालीमा ज्यान गुमाउने डाक्टरको सङ्ख्या ६१ पुग्यो

इटालीमा कोरोनाभाइरसको संक्रमणबाट ६१ जना डाक्टरहरुको मृत्यु भएको इटालीको डाक्टरहरुको संगठनले जनाएको छ ।

Advertisement

इटालीको नेशनल इन्सिटिच्युटका अनुसार ८ हजार ३५८ जना स्वास्थ्यकर्मी कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।मृत्यु भएका ६१ डाक्टरमध्ये ४० जना लोम्बार्डी क्षेत्रका रहेका छन् । यो क्षेत्रमा सबैभन्दा बढी कोरोनाभाइरसको संक्रमण फैलिएको छ ।

Advertisement

इटालीमा ९७ हजारभन्दा बढी कोरोनाभाइरस संक्रमित रहेका छन् । विश्वमा अमेरिकापछि इटालीमा सबैभन्दा बढी कोरोनाभाइरस संक्रमित रहेका छन् । इटालीले चाँडै नै १ लाखको कोशेढुंगा पनि पार गर्ने देखिएको छ ।एजेन्सी

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)