हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

इतिहासकै ठूलो आइपीओ माघ २ गतेबाट बिक्री खुला गर्दै इन्फ्रास्ट्रक्चर बैंक

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ माघ २ गतेबाट बिक्री खुला हुने भएको छ ।यस बैंकले ८ अर्ब रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो ।

Advertisement

बैंकले निष्कासन गर्न लागेको आइपीओबाट ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कर्मचारीको लागि छुट्याएको छ ।यस्तै ५ प्रतिशत अर्थात ४० लाख कित्ता सेयर सामूहिक लगानी कोषको लागि छुट्टाइएको छ ।

Advertisement

सर्वसाधारण लगानीकर्ताले बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता सेयरका लागि आवेदन दिन पाउने छन् ।बैंकले प्रतिकित्ता १ सय रुपैयाँको दरले आइपीओ जारी गर्न लागेको हो ।यो आइपीओमा लगानीकर्ताले माघ ६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

त्यस अवधिसम्म आइपीओ बिक्री नभएमा माघ १६ गतेसम्म बिक्री खुला हुने छ ।बैंकको आइपीओमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ ।लगानीकर्ताहरुले आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकने छन् ।

इक्रा नेपालले बैंकको आइपीओलाई ‘इक्राएनपी आइआर त्रिपल बी’ रेटिंग दिएको छ ।यसले बैंकको वित्तीय अवस्था मध्यम रहेको जनाउँछ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)