समाचार
हल्दिबारी संवाददाता ६ महिना अगाडि

उम्मेदवारविरुद्ध आज उजुरी, माघ ९ मा अन्तिम नामावली

झापा । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध बुधबार उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ। आयोगले तय गरेको समयतालिकाअनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ मनोनयन दर्ता भएका उम्मेदवारविरुद्ध उजुरी दिन सकिने व्यवस्था गरिएको हो।

उजुरी परेपछि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी आवश्यक निर्णयसहित उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने आयोगले जानकारी दिएको छ। माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन्। सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिनेछ भने दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म निर्वाचन चिह्न प्रदान गरिनेछ।

विज्ञापन (Advertisement)Advertisement

पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयनपत्र दर्ता कार्यक्रम सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक र शान्तिपूर्ण रूपमा सम्पन्न भएको आयोगले जनाएको छ।

निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार कुल २ हजार ९२५ जनाले उम्मेदवारी दर्ता गराएका छन्। तीमध्ये ३३६ महिला र २ हजार ५८९ पुरुष छन्। यस्तै, अपाङ्गता भएका ८५ जना र पिछडिएको क्षेत्रका १३८ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)