हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

एक युवाको पिटेर लिइयो कोरोना लागेको भन्दै  ज्यान

विश्वभर फैलिएको कोरोनाको सन्त्रासका कारण दक्षिणपूर्वी केन्यामा एक व्यक्तिले ज्यान गुमाउनु परेको छ । केन्यामा एक व्यक्तिलाई कोरोना भएको शङ्कामापिटेर ज्यान लिइएको हो । उक्त व्यक्तिलाई कोरोना भएको भन्दै केही युवा समूहलेपिटेर ज्यान लिएका हुन् । यस घटनाबारे अनुसन्धान भइरहेको त्यहाको स्थानीय प्रहरीले जनाएको छ ।

Advertisement

अनुसन्धान भइरहेकोले हालसम्म कुनै पनि पक्राउ नभएको जनाइएको छ । उनलाई मंगलबार बेलुकी पिटिएको हो । यो घटना केन्याको साम्ब्वेनी नामक गाउँमा भएको हो । केन्यामा हालसम्म कोरोनाका सङ्क्रमित ७ जना पुगेका छन् ।

Advertisement

अहिलेको अवस्थामा कोरोना लागेको मानिसलाई अपराधी जस्तै गरेर लिइन्छ । उसलाई खुला रुपमा हिंड्न र बाँच्न पनि अवरोध भएको छ, उता कोरोनाले मार्न सक्ने सम्भावना त छँदैछ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)