हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

एनआरएनए मलेसिया जोहोरबारु क्षेत्रमा बेदना श्रेष्ठको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति

दिनेश खड्का ‘खप्तडि’, मलेसिया । गैर आवासीय नेपाली संघ (एनआरएनए )मलेसिया क्षेत्रिय समन्वय परिषद जोहोरबारुको चौथो अधिबेशनले बेदना श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गर्दै सम्पन्न भएको छ । योसँगै मलेसियामा पहिलो पटक महिलाले नेतृत्व पाएको छ।एनआरएनए आईसिसि सचिव एबं संघका पुर्व अध्यक्ष खगेन्द्र न्यौपानेको प्रमुख आतिथ्यता तथा एनआरएनए मलेसियाका केन्द्रीय अध्यक्ष बिनोद थापाको विशेष आथित्यतामा सम्पन्न उक्त महाधिवेशन कार्यक्रमको अतिथिहरुमा एनआरएनए उपाध्यक्ष राकेश महतो, उपाध्यक्ष हेमराज सापकोटा, महासचिव रन्जित क्षेत्री, कोषाध्यक्ष कृष्ण नेपाल, सुदूरपश्चिमेली नेपाली समाज जोहोरबारुका अध्यक्ष तिलक बहादुर चन्दलगाएत मलेसियामा क्रियासिल बिभिन्न संघ-संस्थाका प्रतिनिधिहरू लगाएतको उपस्थिति रहेको थियो।

Advertisement

उक्त कार्यक्रममा उपस्थित अतिथिहरु आइसिसि सचिव न्यौपाने,अध्यक्ष थापालगाएतले नवनिर्वाचित अध्यक्ष बेदना श्रेष्ठलगाएत कार्यसमितीका पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।

Advertisement

उक्त अधिबेशनले बेदना श्रेष्ठको अध्यक्षतामा (२०२३-२५) कार्यालयको लागि नयाँ नेतृत्व निर्बिरोध चयन गरेको छ ।जस्को वरिष्ठ उपाध्यक्षमा अर्जुन बहादुर सिंह, उपाध्यक्षमा बिन्दु दर्लामी, सचिवमा छविलाल गिरी, सह सचिवमा भिम लुहार, कोषाध्यक्षमा तिलक श्रेष्ठ, सह कोषाध्यक्षमा संञ्जु चाम्लिङ र युवा संयोजकमा सागर रावल चयन भएका छन ।

यसैगरी समितिको सदस्यहरुमा दिपक कार्की,सुनिता साह, बिनोद भण्डारी, प्रेम नारायण श्रेष्ठ, अभय विश्वकर्मा, बिजय कुमार राई, दामोदर ओली, मान मगर, राम बहादुर थापा ,खेमराज तामाङ, प्रमोद भण्डारी, ईश्वर केसी, विनय हमाल, जीवन रोका मगर, सशिकला राई, राममाया दराई, बिनु राई, राजु बिक, राम शरण यादव, उषा केसी, रामबली मण्डल,प्रेम बिष्ट चयन भएका छन । यस्तै बैकल्पिक सदस्यमा विशेष कार्की र श्यामकुमार बस्नेत रहेका छन ।

एनआरएनए मलेसिया क्षेत्रिय समन्वय परिषद्को अध्यक्ष हरि बस्नेतको सभापतित्वमा भएको अधिबेशन कार्यक्रमको सन्चालन रमेश मल्लले गरेका थिए। उक्त कार्यक्रममा निबर्तमान अध्यक्ष हरि बस्नेतले आफ्नो कार्यकालमा गरिएका कामहरुको जानकारी गराएका थिए । बस्नेतले आफ्नो कार्यकाल अत्यन्तै सफलताका साथ सम्पन्न गरेका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)