हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

एमसीसी संसदबाट अनुमोदन गर्ने सर्तमा प्रधानमन्त्री ओली सापकोटालाई सभामुख स्वीकार्न तयार

काठमाडौं । सत्तारुढ दल नेकपाभित्र लामो समयदेखि विवादको विषय बनेको सभामुख प्रकरण अन्ततः टुंगिएको छ । आइतबार बिहान बालुवाटारमा भएको नेकपा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड बीच अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउन दुवै नेता सहमत भएका हुन् ।

Advertisement

‘बिहान दुई नेताबीचको छलफलमा सभामुखको उम्मेदवार अग्नि सापकोटालाई बनाउने सहमति भएको हो’, बालुवाटार उच्च स्रोतले भन्यो, ‘आजै बस्ने सचिवालय बैठकले नाम अनुमोदन गर्छ ।’ यद्यपि, आजै बेलुका बस्ने सचिवालय बैठकले सापकोटाको नाम अनुमोदन गर्दै सभामुखको उम्मेदवारका रुपमा सार्वजनिक गर्ने तयारी गरेको छ

Advertisement

सभामुखमा प्रचण्डले सुरुदेखि सापकोटाको नाम लिएका थिए । तर, प्रधानमन्त्री ओलीले सहमति जनाएका थिएनन् । सापकोटामाथि काभ्रेका एक व्यक्तिमाथि हत्या गरेको मुद्दा अदालतमा विचाराधीन छ । अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन गर्ने सर्तमा प्रधानमन्त्री ओली सापकोटालाई सभामुख स्वीकार्न तयार भएको बालुवाटार स्रोतले बतायो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)