हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

एमाले–माओवादी गठबन्धनको गृहकार्य, ओली पक्षबाटै प्रधानमन्त्री बनाउन सकिने गरी परामर्श शुरु

सर्वोच्च अदालतले तत्कालीन एमाले र नेकपा माओवादी केन्द्र ब्यूँताउने फैसला गरेसँगै पुनः दुई पार्टीबीच गठबन्धन बनाएर सरकार गठनको गृहकार्य अगाडि बढेको छ । नेकपा एमालेभित्र वरिष्ठ नेता माधवकुमार नेपाल संकटमा परिरहेको बेला पुनः दुई पार्टीको गठबन्धनको गृहकार्य अगाडि बढेको हो ।सर्वोच्च अदालतको फैसलापूर्व नै एमालेका नेताद्वय घनश्याम भुसाल र शंकर पोखरेलबीच एकताको विषयमा संवाद भएको थियो । नेताहरुबीच विभिन्न विकल्पमा छलफल अगाडि बढेको एक नेताले बताए । सर्वोच्चको फैसलासँगै एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बलियो भएका छन्।आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

Advertisement

एमालेमा भए पनि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको सहकार्यमा रहेका छन् । नेपाल पक्षका नेताहरु संकटमा परिरहेका बेला अहिलेको संकट टार्नका लागि प्रधानमन्त्री ओली र नेपाल पक्षका दोस्रा तहका नेताहरु परामर्शमा जुटेका छन् । नेपाल पक्षका एक नेताले भने– ‘दुई पार्टी अलग भएको अवस्थामा अहिलेको पार्टी जोगाउन र कार्यकर्ताको मनोबल उच्च बनाउन दुई पार्टीबीचको गठबन्धन बनाउनुपर्छ भन्ने विषयमा छलफल अगाडि बढेको छ ।’

Advertisement

उनका अनुसार तत्काल प्रधानमन्त्रीबाट केपी शर्मा ओलीले राजीनामा दिने र ओली पक्षबाटै पुनः प्रधानमन्त्री बनाउन सकिने गरी परामर्श शुरु भएको छ । प्रधानमन्त्री ओलीले राजीनामा दिन तयार भएको अवस्थामा दुई पार्टीको गठबन्धनमा पुनः वाम गठबन्धनकै सरकार गठनमा दोस्रा तहका नेताहरु सक्रिय बनेका छन् ।सोमबार पेरिसडाँडामा बसेको प्रचण्ड–नेपालको समूहको अन्तिम स्थायी समिति बैठकले पनि पार्टी एकतालाई नयाँ शिराबाट शुरू गर्ने निष्कर्ष निकालेको छ । नेकपाका स्थायी समिति सदस्य रघुजी पन्तले पार्टी एकताको विषयमा फेरि छलफल गर्नुपर्ने बताए ।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)