हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

एशिया कप : नेपालले भोलि पाकिस्तानसँग खेल्ने

 एशिया कप क्रिकेटमा नेपालले भोलि इतिहासमै पहिलो पटक विश्व च्याम्पियन टोली पाकिस्तानसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्ने भएको छ।

Advertisement

ओडिआई क्रिकेटको वरीयतामा शीर्ष स्थानको पाकिस्तान र तेस्रो स्थानको भारतसँग नेपालले पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो। नेपाली समयअनुसार भोलि दिउँसो ३ बजेर १५ मिनेटमा मुल्तान क्रिकेट रंगशालामा नेपालले पाकिस्तानविरुद्ध ऐतिहासिक खेल्न लागेको हो।

Advertisement

भोलि नेपालका कप्तान रोहित पौडेलले मुल्तानमा विश्व क्रिकेटका बादशाह तथा पाकिस्तानका कप्तान बाबर आजमसँग टसका लागि जानेछन्। त्यसवेला नेपाली क्रिकेटलाई विश्वले हेर्ने र चिन्ने छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)