हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

एसीसी प्रिमियर कप : कतारलाई हराउँदै नेपाल बन्यो समूह विजेता

काठमाडौं, १४ वैशाख  । एसीसी प्रिमियर कपमा नेपाल समूह ’ए’ को विजेता बनेको छ  । बिहीबार कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले कतारलाई ६८ रनले पराजित गर्दै समूह विजेता बनेको हो । योसँगै नेपाल समूह विजेतको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।

Advertisement

नेपालले ४ खेलबाट ७ अंक जोड्दै समूह विजेता बन्नेको हो । अब नेपालले समूह ’बी’ को उपविजेतासँग आगामी शनिबार सेमिफाइनलमा खेल्नेछ।

Advertisement

बिहीबार टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कतारलाई १५८ रनको चुनौती दिएको थियो । उक्त रनको चुनौती लक्ष्य पछ्याएको कतार २५.१ ओभरमा ८९ रनमा अलआउट भयो ।

नेपालको जितमा सन्दीप लामिछानेले पाँच विकेट लिएका थिए भने सर्वाधिक नटआउट ४२ रन जोडे । उनी बलिङ र ब्याटिङ दुवैमा चम्किए  । ललित राजवंशीले २ र सोमपाल कामीले ३ विकेट लिएका थिए

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)