समाचार
हल्दिबारी संवाददाता ४ महिना अगाडि

कञ्चनजङ्घा विश्वविद्यालयको चौथो दीक्षान्त समारोह सम्पन्न


सिक्किमको राजधानीमा रहेको चिन्तन भवनमा आज कञ्चनजङ्घा स्टेट विश्वविद्यालयको चौथो दीक्षान्त समारोह सम्पन्न भएको छ। कार्यक्रममा सिक्किमका राज्यपाल एवं विश्वविद्यालयका कुलाधिपति ओमप्रकाश माथुर मुख्य अतिथि थिए भने शिक्षा मन्त्री राजु बस्नेत विशिष्ट अतिथि थिए।
राज्यपाल माथुरले नेपाली, संस्कृत, भोटिया, लिम्बू र लेप्चा विषयमा स्नातकोत्तर उपाधि प्राप्त गर्ने विद्यार्थीहरूलाई स्वर्ण र रजत पदकसहित डिग्री तथा मेडल प्रदान गरे। समारोहमा सम्बोधन गर्दै उनले सबै स्नातक विद्यार्थीहरूलाई बधाई दिंदै राष्ट्रको निर्माणमा सक्रिय योगदान दिन आह्वान गरे।
राज्यपाल माथुरले भने, “शिक्षा केवल योग्यता होइन, तर ठूलो जिम्मेवारी पनि हो। विद्यार्थीहरूले आफ्नो परिवार, शिक्षक र विश्वविद्यालयको गरिमालाई अघि बढाएर लैजानुपर्छ। उनीहरूले गएजस्तो पनि क्षेत्रमा सिक्किम र विश्वविद्यालयको नाम उज्ज्वल बनाउने योगदान दिनुपर्छ।”
साथै उनले विश्वविद्यालयको निर्माणाधीन स्थायी परिसर चॉंडो पूरा गर्न शिक्षा मन्त्रीलाई ध्यान दिन आग्रह गरे। राज्यपालले सिक्किमलाई केवल प्राकृतिक सौन्दर्य र पर्यटनका लागि नभई गुणवत्तापूर्ण उच्च शिक्षाका लागि पनि परिचित बनाउनुपर्ने र विद्यार्थीहरू यसका संवाहक हुने बताए।
माथुरले कुलपति डा. आशीष शर्मा, संकाय सदस्य र कर्मचारीहरूलाई सीमित स्रोतसाधनको बाबजुद विश्वविद्यालयलाई नयाँ उचाइमा पुर्याएकोमा बधाई दिए।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)