हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

कतारमा भारतका ८ पुर्व सैनिकलाई मृत्युदण्डको फैसला

एजेन्सी । कतारको दोहामा पक्राउ परेका आठ पूर्वनौसैनिक अधिकारीलाई त्यहाँको अदालतले मृत्युदण्डको फैसला सुनाएको छ।

Advertisement

भारतको विदेश मन्त्रालयले कतारको फैसलाबाट स्तब्ध भएको र अब विस्तृत फैसलाको प्रतीक्षामा रहेको जनाएको छ।

Advertisement

‘कतारको कोर्ट अफ फर्स्ट इन्स्टेन्सले अल दहरा कम्पनीका आठ भारतीय कर्मचारीको संलग्नता रहेको मुद्दामा आज फैसला सुनाएको हामीलाई प्रारम्भिक जानकारी प्राप्त भएको छ’, विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘मृत्युदण्डको फैसलाले हामी स्तब्ध भएका छौँ र विस्तृत फैसलाको प्रतिक्षामा छौँ ।’

विदेश मन्त्रालयले यो घटनालाई उच्च महत्त्व दिने भन्दै सबैका परिवारलाई कुटनीतिक तथा कानूनी सहायता प्रदान गर्न जारी राख्ने बताएको छ। ‘हामी कतारी अधिकारीहरूसँग पनि सम्पर्क गरी थप निर्णय लिनेछौँ, उसले भनेको छ, ‘यस मुद्दाको कारबाहीको गोप्य प्रकृतिका कारण यस घडीमा थप टिप्पणी गर्नु उपयुक्त हुने छैन ।’

सन् २०२२ को अक्टोबरदेखि कतारमा रहेका ती आठ भारतीय नागरिकमाथि पनडुब्बी कार्यक्रमका लागि जासुसी गरेको आरोप लागेको थियो । नयाँ दिल्लीले ती आठ जना भारतीयलाई सल्लाहका लागि पहुँच प्रदान गरेको थियो र उनीहरूको रिहाइका लागि काम गरिरहेको थियो ।

मार्चको अन्त्यमा ती भारतीय नागरिकको मुद्दामा पहिलो सुनुवा गरिएको थियो । त्यसपछि ग्वालियरमा बस्दै आएकी एक पूर्व नौसैनिक अधिकारीकी बहिनी मीतू भार्गवले आफ्नो भाइलाई फिर्ता ल्याउन भारत सरकारसँग सहयोगको याचना गरेका थिए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)