प्रवास
हल्दिबारी संवाददाता ९ महिना अगाडि

कतारमाथि आक्रमण भए अमेरिका प्रत्यक्ष सुरक्षा दिने

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार एक कार्यकारी आदेश जारी गर्दै कतारको सुरक्षा ग्यारेन्टी गर्ने घोषणा गरेका छन्। आदेशमा भनिएको छ कि कतारमाथि पुनः आक्रमण भए अमेरिका सैन्य प्रतिकारात्मक कदम चाल्नेछ।

यो निर्णय गत सेप्टेम्बर ९ मा इजरायलले दोहामा गरेको हवाई आक्रमणपछि आएको हो। उक्त आक्रमणमा हमासका केही प्रतिनिधिहरू मारिएका थिए भने एक जना कतारी सुरक्षा अधिकारीको मृत्यु भएको थियो।

विज्ञापन (Advertisement)Advertisement

आक्रमणपछिका दिनहरूमा अमेरिकाले कतारसँग सम्बन्ध सुधार्ने प्रयास गरेको छ। सोमबार ह्वाइट हाउसमा आयोजित संयुक्त वार्तामा राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले कतारसँग औपचारिक क्षमा याचना गरेका थिए।

आदेश सार्वजनिक गर्दै ट्रम्पले भने, “अमेरिका र कतार साझा हित, सहकार्य र सुरक्षा साझेदारीका आधारमा गाँसिएका छन्। कतार शान्ति, स्थिरता र समृद्धिको यात्रामा हाम्रो दृढ सहयोगी हो।”

यसअघि, अमेरिकी विदेशमन्त्री मार्को रुबियो १६ सेप्टेम्बरमा दोहा पुगेका थिए र सुरक्षा साझेदारीलाई पुनः पुष्टि गरेका थिए।

कतारको परराष्ट्र मन्त्रालयले भने, देश आफ्नो सार्वभौमिकता रक्षा गर्न दृढ संकल्पित रहेको र सम्भावित आक्रमण रोक्न आवश्यक कदम चालिने जनाएको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)