समाचार
हल्दिबारी संवाददाता ४ महिना अगाडि

कपिलवस्तुमा अनिश्चितकालीन निषेधाज्ञा, हिन्दू-मुस्लिम झडपपछि तनाव नियन्त्रण प्रयास

कपिलवस्तु, नेपाल । कपिलवस्तुको महाराजगञ्ज क्षेत्रमा दुई समुदायबीच झडपपछि स्थानीय प्रशासनले शनिबार दिउँसो २ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ।
प्रशासनका अनुसार शनिबार बिहान मन्दिरमा भजन गाउँदाको विषयलाई लिएर भएको विवादले हिन्दू र मुस्लिम समुदायका युवाबीच तनाव बढेपछि सम्भावित हिंसा रोक्न निषेधाज्ञा लगाइएको हो।

निषेधाज्ञाअनुसार बर्गदी पुलदेखि बहादुरगञ्ज चोक, महाराजगञ्ज बजारदेखि हर्दोनासम्मको क्षेत्रमा कुनै पनि प्रकारको सभा, जुलुस वा भेला गर्न रोक लगाइएको छ। आदेश उल्लंघन गर्नेहरूलाई कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ।

विज्ञापन (Advertisement)Advertisement

स्थानीय प्रशासनले स्थिति नियन्त्रणमा रहेको र थप सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)