देश जलिरहेछ

निर्दोश आमालाई जिउँदै जलायौ ,

वृद्ध आमालाई सडकमा रमिता बनायौ

कस्तो देश बनाउछौ युवा ?

सिंह दरबार जलायौ , सर्वोच्च अदालत जलायौ

संसद भवन जलायौ ,सरकारी कार्यालय जलायौ

सारा घर जलायौ ,

भ्रष्टाचारी , बलात्कारी ,हत्यारा ,

चोर , डाका , जेलबाट भगायौ

तिमीले कस्तो देश बनाउँछौ युवा ?

आफैं चढ्ने विद्यालयका गाडी जलायौ

वृद्ध बा आमा बस्ने घर जलायौ ,

सुरक्षाकर्मी ढलायौ बैंक लुटायौ ,

भाट भटेनी जलायौ

निजी र सरकारी देशको सम्पत्ति जलायौ ,

खरानी बनायौ , देश रोइरहेछ आज ।

विद्यार्थी तिमीलाई त गुरुले यस्तो शिक्षा

दिएको थिएन होला

युवा तिमीलाई त आमाबुवाले यस्तो सिकाएको थिएन होला

आफ्ना कर्तव्य बिर्सियौ

आदर , सम्मान देशको माया विर्सियौ

त्यसैले त आज सबै जलायौ

कस्तो देश बनाउँछौ Gen -zयुवा ?

सिंहदरबार ,सरकारी र निजी सम्पत्ति खरानी बनाउँदा

तिमी त ताली बजाएर हाँस्यौ होला

के अबका युवा नेता र मन्त्री भ्रष्टाचारी बन्दैनन् होला ?

शान्ता उप्रेती

२०८२ / ०५ / २५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
7

+1
1

+1
1

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार