हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

कविता: “भगवान भरोसा”

कविता: “भगवान भरोसा”

Advertisement

कलियुग आफ्नो मध्यकालमा
दगुरिरहेको छ
साथै भक्तजन
आफ्नो मसीहाको पर्खाइमा
भजन गर्न व्यस्त छन।
उसले कृष्णको भक्तलाई हेर्यो
जो मरिसकेका कृष्णको
पुनर्जन्मको प्रतिक्षामा
दिन रात नाम जपी बसिरहेका छन।
उसको दोष कृष्णलाई दियो
किनकि कृष्णले अर्जुनलाई
“यदा यदा ही धर्मष्य…..”
श्लोकले युग युगमा आउने घोषणा गरिदिए।
उसले भक्तजनलाई मूर्खको संज्ञा दियो
किनकि कृष्णको पुनर्जन्म पश्चात
ती भक्त माझ आइपुग्न निकै समय लाग्नेछ,
बाल लिला देखाएर,
गुरु बाट शिक्षा लिएर
अनि आउलान् कृष्ण
र त्यतिबेला सम्म
ती भक्तजन जति
परमधाम पुगिसक्छन।
भगवान भरोसा बसेका भक्तले
कल्कि को पूजा गर्ने घोषणा गरे ।

Advertisement

अर्जुन दाहाल
गाैरादह–३, झापा

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)