हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

कविता: “भजन”

कविता: “भजन”

Advertisement

उसलाई भजन कहिल्यै मन परेन।
भजन अर्थात बयान गरेर
चिल्लो घसेर,
मक्ख पारेर
आफ्नु इच्छा अनुसारको फल खोज्नु।
यो मानवीय मात्र होइन
दैविक चरित्र पनि हो
र कलियुगलाई हेर्दा
आफ्नो पक्षमा
कुनै व्यक्ति वा समूह
राखिराख्ने एक कला हो
आफ्नो शक्ति प्रदर्शन गरी।
उसलाई भजन मात्र होइन
भजन गाउने पनि कहिल्यै मन परेन ।

Advertisement

अर्जुन दाहाल
गाैरादह–३, झापा

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)