हल्दिबारी डटकम
Hover Ad Article
कविता
हल्दिबारी संवाददाता ११ महिना अगाडि

कविता – मोबाइल फोन

आजको जमानामा मानिसको साथी
मोबाइलफोन भइसक्यो सबैभन्दा माथि
टिकटक युट्युब जस्ता कुरा मोबाइलभित्र
क्यामेरामा मस्कीएर खिच्न पाइने चित्र

Advertisement

मानिसको लागि मोबाइल भगवान
सुत्दा पनि उठ्दा पनि मोबाइलमै ध्यान
बच्चादेखि बुढासम्म सबैलाई यो चाहिने
विश्वभरकै घटना सबै यसमै देख्न पाइने

Advertisement

भावनासँग जोडिएको, बनिसक्यो आत्मा जस्तै
मोबाइल बिना एक पल बिताउँदा लाग्छ बेस्सरी खल्लो यस्तै
हाँसो, आँसु, माया सबै स्क्रीनमै अड्केका छन्
नेटवर्क गएपछि लाग्छ, मुटुका धड्कनै हराएका छन्

राम्रोसँग प्रयोग गरे बन्छ हाम्रो साथी
गलत प्रयोग भए हुने धनजनको क्षति
अहिलेको आवश्यकता भयो यही फोन
सही ठाउँमा प्रयोग गरी मार्टिन कोपर‌‌ बन

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)