हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कविता : रात दिन यौटा

राज कुमार कार्की

Advertisement

दिन पनि रात भएछ
रात पनि दिन भएछ।
जनताको संविधान भन्थे
तर प्रम र राष्ट्रपति कै पो रहेछ !!

Advertisement

कसैले गरेनन् संविधानको पालना
गरेकै हुन त संविधानको अबहेलना।
घोषणा हुँदा देशको मुल कानुन भन्थे
कतिले अपनत्व छैन भनि शब्द गन्थे।।

उता बादल लाग्दा यता आशु झर्छ
किन हो किन हजुर अब त जागर मर्छ।
चुनाव भने छि किन हो नौनाडी गल्छ
दुई मा एकको नि पक्कै बत्ती बल्छ।।

डबल नेपाल छ यहाँ हजुर
एक गए एक त पक्कै रहछ।
जनता अभागी कि भाग्यमानी
सधै यस्तो नै पो सधै सहन्छ।।

राजा गए झन ताजा आउँछ
ताजा गए अब त खाजा आउँछ।
खाजा पक्कै समसा र मस्म आउँछ
यो सब चिसा घरमा नै बनाउछ।।

मिस्त्री र डाइभर सँगै भए
पक्कै नै जेट गाडी बन्छ।
हेरौ हजुर अब त फेरि हेरौ
पक्कै ज्योतिषीले केही भन्छ।।

पण्डितले भन्थे मस्म भन भनेर
समसा भनेको भए हुन्थ्यो होला।
म म भन्दा भन्दै अब त हजुर
कहिले भरिएन घमन्डको झोला।।

म मेरा मेरी भन्दै भर्ती केन्द्र बनियो
सबैले रिस राग मात्र गरे यहाँ हजुर।
किन हो किन हो फेरि हे हजुर
झुक्किएर हो वा साच्चै सम्धीभनियो।।

मेलम्ची नभै यहाँ कसरी ट्याङ्की भरियो
सम्धी आउछन् भनि टयाङ्की खाली गरियो
जता बादल उतै तिर मात्रै बझ्द्छ मादल
दुई तिर त बझ्दैन होला हजुर अब त मादल।।

कस्तो जाडो आयो घर जलाएर नै ताप्ने
दुई तिहाईले अब फेरि के के होला भाक्ने।
एक आगो बने हजुर अर्को पानी बन्नु
एउटै गाला हुन हजुर चड्कन नहान्नु।।

भन्छन् नेपाल बिग्रिए नेपाल बन्छ
देव बिग्रिए त हजुर प्र म नै बन्ने भन्छ।
दूध खानु मिठो स्वादिलो बकेर्नो गाईको
कति हेर्नु अब त घर झगडा भाइ( भाइको।।

धन्यवाद।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)